काठमाडौं । प्रशिक्षक प्रदिप हुमागाईं नेपाली फुटबलले लामो समय सुनेको नाम होइन । तर, यि प्रशिक्षकले नेपाली फुटबलमा जति समय बिताए, आफुलाई नेपालकै सफलता चुम्ने शीर्ष प्रशिक्षकको रुपमा उभ्याउन सफल भए । उनले लोभलाग्दो सफलता घरेलु फुटबलको सबैभन्दा चर्चित र लोकप्रिय रुस्लान थ्री स्टारबाटै हात पारेका थिए । आफ्नो अध्ययनलाई अघि बढाउनुपर्ने हुदा उनले लामो समय फुटबल खेलेनन् । एक समय ‘ए’ डिभिजनमा रहेको काठमाडौं क्लब र रानी पोखरी कर्नर टिम (आरसिटी) बाट उनले दुई वर्ष मात्र फुटबल खेले । त्यसपछि उनले २०६७ मा उनले पहिलोपटक काठमाडौं विश्वविद्यालयको महिला टिमलाई प्रशिक्षण दिए ।
झन्डै डेढ वर्ष केयुमा रहँदा उनले केयुबाट एक महिला टोलीलाई प्रशिक्षण गराएर नर्वेमा लगेका थिए । प्रदिप हाल अमेरिकाको पेन्सिलभेनियास्थित किस्टोन एथलेटिकको यु–२३ टिमका मुख्य प्रशिक्षक रहेका छन् । केयुमै रहँदा उनले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पामा ४ महिने इन्टर्न प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाए । त्यसपछि उनी २०६९ मा नेपालकै चर्चित क्लब थ्री स्टार क्लबमा आबद्ध हुन पुगे ।
त्यसअघि उनले खेल विज्ञान, शारीरिक शिक्षा, साइकोलोजी र स्वास्थ्य बिषय अध्यापन गराउथे । उनी थ्री स्टारमा प्रशिक्षक मेघराज केसीको सहायकको रुपमा रहे । एनसेल कपमा खराव प्रदर्शनसँगै मेघराज केसीले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि क्लब समस्यामा हुन सक्ने अनुमान गरिएको थियो । त्यतिबेला एएफसी ‘सी’ लाइसेन्स प्राप्त र कम अनुभवी उनलाई नै क्लबले मुख्य प्रशिक्षको जिम्मेवारी सुम्पिदिए । ‘थ्री स्टारमा आइपुग्नुको यात्रा नै गज्जवको छ । केही अनुभवको लागि म थ्री स्टारमा पुगेको थियो । तर, क्लबको प्रदर्शन खराव भएपछि मुख्य प्रशिक्षक मेघराज केसीले पदबाट राजीनामा दिएपछि क्लबले नै जोखिम मोल्दै मलाई विश्वास गरेर मुख्य प्रसिक्षकको रुपमा नियुक्ति गर्यो । मैले क्लबको विश्वासलाई टुट्न दिएन जस्तो लाग्छ ।’ हुमागाईंले भने । सोही वर्ष भारतको सिक्किममा भएको गभनर्स कपबाट उनले मुख्य प्रशिक्षकको रुपमा टिम सम्हालेका थिए । उनले टोलिलाई फाइनलसम्म पुर्याएका थिए । क्लबमा आबद्ध भएकै वर्ष उनले थ्री स्टारलाई घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग जिताएर आफुलाई प्रमाणित गरे । जुन थ्री स्टारको चौथो लिग उपाधि हरेको थिए ।
त्यसपछि नेपाली फुटबलमो दृश्यमा आएका उनले थ्री स्टारलाइ आहा रारा गोल्डकप, उदयपुर गोल्डकप, बुढा सुब्बा गोल्डकप जस्ता मोफसल प्रयिोगिताको उपाधि दिलाउन सफल भए । त्यतिमात्र होइन उनकै प्रशिक्षणमा थ्री स्टारले एफसी प्रेसिडेन्ट्स कप–२०१३ को फाइनल चरणमा स्थान बनाउन सफल भएको थियो । घरेलु मैदान दशरथ रंगशालामा भएको एफसी प्रेसिडेन्ट्स कपको छनोट चरणमा थ्री स्टारले ३ खेलमा १ जित र २ बराबर गर्दै समूह ’क’ को विजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । थ्री स्टारले इर्चिम एफसीलाई पराजित गर्दा अबहानी लिमिटेड ढाका र ताइवान पावर कम्पनीसँग बराबरी खेलेका थिए ।
मलेसियामा भएको फाइनल चरणमा भने थ्री स्टारको प्रदर्शन राम्रो हुन सकेन । फाइनल चरणमा इर्चिमसँग १–१ गोलको बराबरी खेलेपनि बाल्कन एफसीसँग ६–० को फराकिलो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । ‘क्लबमा आएको एक वर्षमै धेरै सफलता हात पारे लिग जिताउनु नै ठुलो चुनौती थियो । त्यसमा सफल भए । त्यतिमात्र होइन टोलीलाई एएफसी प्रसिडेन्ट्स कपको फाइनल चरण र मोफसलका गोल्डकप जिताउन सफल भए ।’ २०६९ को अविस्मरणीय क्षणलाई सम्झदै प्रदिपले भने, ‘एक प्रशिक्षकको लागि त्यो समय खुशी के हुन सक्ला र ? यसले मलाई झनै आत्मविश्वासी बनायो । थ्री स्टारका पदधिकारीहरुको माया, साथ र भरोसाको कारण सफलता हात पारेको हुँ । फुटबलमा अघि बढ्न निकै हौसला प्रधान गर्नुभयो । त्यो यादले अझै पनि मलाई झस्काउछ ।’
उनी थप अध्ययनका लागि २०७० मा अमेरिका प्रस्थान गरे । उनले स्वास्थ्य र शारीरिक शिक्षामा डिप्लोमा कोर्स तथा स्वास्थ्य, समाजशास्त्र र शारीरिक शिक्षामा मास्टर्स डिग्री हासिल गरिसकेका छन् । किस्टोन एथलेटिकको यु–२३ टिमलाई हेरिरहेको प्रशिक्षक हुमागाईले यो शिक्षा फुटबलको लागि आवश्यक बताउछन् ।
प्रदिपले अमेरिकामा ग्रास रुट सी बी ए लाइसन्स प्राप्त गरेका छन् । जुन लाइसेन्सले उनले अस्ट्रेलियामा पनि प्रशिक्षण गराउन अवसर प्राप्त गर्नेछन् । अमेरिका हुदा नै उनले नेपालमा आएर एफसी ‘बी’ तथा ‘ए’ लाइसेन्स कोर्स पास गरेका थिए । २०७४ मा एफसी ‘ए’ लाइसेन्स कोर्स टप गर्दै प्रदिप सोमध्ये उत्कृष्ट चुनिएका थिए ।
६ वर्ष अघि अमेरिका पुगेका उनी एक साताअघि अमेरिकी नागरिक भएका छन् । अतिरिक्त साधारण कोटा (विशिष्ट प्रतिभा) मार्फत अमेरिकी नागरकिता प्राप्त गरेको उनले बताए । अमेरिका हुदा उनले एन्फालाई स्वयंसेवक प्रशिक्षकको रुपमा आफ्नो ज्ञान नेपाली खेलाडी माझ बढ्न धेरै अनुरोध गरेपनि एन्फाले चासो नदेखाएको गुनासो पोखे । उनले नेपालको क्लबलाई पुन हेर्ने र लक्ष्य नेपाली राष्ट्रिय टोलिको प्रशिक्षक हुनु रहेको थपे । ‘चाहना नेपालको पुरुष वा महिला राष्ट्रिय टोलीको प्रशिक्षक हुने नै चाहना छ । हेरौ अब कतिसम्म सफलता पाइन्छ ।’ प्रशिक्षक हुमागाईंले भने, ‘किस्टोनमा यो वर्ष अन्तिम हुने छ । नयाँ टोली समाल्ने उनको योजना छ । त्यसबाहेक नेपालको क्लब हेर्ने मन छ । त्यो भन्दा पहिले नेपाली फुटबललाई कसरी अघि बढाउने भन्ने कुरामा अध्ययन गर्न बाँकी छ ।’ उनले थपे ।