BIG BREAKING: मेस्सी इन्टर मायमीमा अनुबन्धित

लियोनेल मेस्सी अमेरिकी क्लब इन्टर मायमी जाने भएका छन् । यसै साता फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्ने घोषणा गरेका उनी मेजर लिग सकर (एमएलएस) क्लब जाने भएका हुन् ।

साउदी क्लब अल हिलालले राखेको प्रस्ताव नकार्दै मेस्सीले अमेरिकी क्लब जाने निर्णय गरेका हुन् । युरोप बाहिर खेल्ने निर्णय लिएका मेस्सीसामु आफ्नो पूर्व क्लब बार्सिलोना फर्कने अवसर पनि थियो । तर मेस्सीले करिअरको अन्त्य अमेरिकी क्लबमा गएर गर्ने भएका हुन् ।

मेस्सीलाई आर्थिक रुपमा निकै ठूलो प्रस्ताव गर्नेमा इन्टर मायमी र अल हिलाल थिए । साउदी क्लबहरुले निकै मोटो रकम खर्च गरिरहेको अवस्थामा मेस्सी पनि त्यसतर्फ जाने चर्चा रहेको थियो । तर मेस्सीले फुटबलबाहेक व्यापारिक पक्षमा पनि मायमीबाट राम्रो प्रस्ताव पाएपछि त्यसतर्फ आकर्षित भएको बुझिएको छ ।

युरोपेली फुटबलका वरिष्ठ पत्रकार गिलेम बालागेका अनुसार मेस्सीलाई मायमीले एडिडास र एप्पलसँग प्रायोजन सम्झौताक पनि केहि अंश दिने प्रस्ताव राखेको थियो । यसबाहेक मेस्सीसामु क्लबबाट संन्यास लिने समयमा क्लबकै शेयर पनि दिने चर्चा रहेको छ ।