बार्सिलोनालाई पछि पार्दै १८ वर्षीय वन्डरकिड साइन गर्दै रियल म्याड्रिड 

ला लिगा क्लब रियल म्याड्रिड १८ वर्षीय वन्डरकिड अर्दा गुलरलाई साइन गर्ने प्रयासमा रहेको छ। टर्कीको क्लब फेनेरबाचेमा खेल्दै गरेका युवा प्रतिभाको प्रदर्शन निकै उत्कृष्ट रहेको कारण धेरै युरोपियन क्लबहरूको नजर उनी माथि रहेको बेला ला लिगा क्लब रियल म्याड्रिड पनि उनलाई साइन गर्ने प्रयासमा रहेको छ।

रिपोर्ट अनुसार रियल म्याड्रिडले उनको २० मिलियन युरो र केही बोनसको प्रस्ताव पठाएको छ र उनलाई भविष्यमा रियलले बेचे उक्त रकमको २० प्रतिशत फेनेरबाचेलाई पनि दिने रियलको प्रस्ताव रहेको छ।

उनलाई साइन गर्ने कुरामा रियल म्याड्रिड धेरै विश्वस्त रहेको छ भने आउँदो ४८ घण्टा भित्र उनको ट्रान्सफर पुरा हुने रियल म्याड्रिडको आशा रहेको छ।

 

१८ वर्षीय वन्डरकिडको अट्याकिंग मिडफिल्डरको प्रदर्शन टर्कीको क्लब फेनेरबाचे निकै राम्रो रहेको छ। हाल सम्म उनले सिनियर टिमको लागि ५१ खेल खेल्दै ९ गोल र १२ असिस्ट गरेका छन्।

हाल उनलाई साइन गर्ने दौडमा रियल म्याड्रिड धेरै अगाडी रहे पनि उनको नाम आर्सनल, बार्सिलोना र डर्टमन्ड जस्तो क्लब सँग पनि जोडिएको थियो भने उनको एजेन्टले आर्सनल र बार्सा सँग वार्ता पनि गरेको रिपोर्ट रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ