ब्राजिलको जितमा नेयमार घाइते

ब्राजिलले कतारमा जारी फिफा विश्वकपमा विजयी सुरुआत गरेको छ।

लुसाइल स्टेडियममा बिहीबार राति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो ।

खेलको ६२औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७३औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए ।

७९ औ मिनेटमा ब्राजिलका स्टार नेयमार घाइते भएपछि एम्टोनीले उनको स्थान लिएको थियो । मैदानबाट बेञ्च तर्फ जादा नेयमार निकै दुखाइमा देखिन्थे र उनले आफ्नो आसु थम्न सकेन ।

जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै ३ अंक जोडेको छ ।

ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

सर्बिया अंक बिहीन रहदै पुछारमा रहेको छ ।