म्यानचेस्टर युनाइटेड ब्राइटन विरुद्ध आफ्नै होममा स्तब्ध

शनिवार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड, ब्राइटन विरुद्ध आफ्नै होममा स्तब्ध बनेको छ। शनिवार भएको खेलमा म्यानचेस्टर युनाइटेड आफ्नै होम मैदानमा ३-१ले हारेको थियो भने उक्त हार सिजनको तेस्रो हार रहेको छ।

खेलको २० औँ मिनेटमा ब्राइटनको लागि वेल्बेकले गोल गरेका थिए भने पहिलो हाफको खेल १-०को स्कोरमा अन्त्य भएको थियो।

खेलको दोस्रो हाफमा ब्राइटनले थप दुई गोल गरेको थियो-ब्राइटनको लागि पास्कल ग्रोस र जाओ पेड्रोले उक्त गोल गरेका थिए भने युनाइटेडको लागि वैकल्पिक खेलाडीको रूपमा आएका ह्यानिबल मेजब्रीले एक गोल गरेका थिए।

युनाइटेडको लागि यो लिगमा लगातार दोस्रो हार रहेको छ। यो भन्दा अगाडी युनाइटेड आर्सनल सँग पनि १-३कै स्कोरले पराजित भएको थियो।

उक्त हार संगै युनाइटेड हाल लिगको बाह्रौँ स्थानमा रहेको छ। ५ खेलमा २ जित र ३ हारको साथ युनाइटेडले ६ अंक प्राप्त गरेको छ भने ब्राइटन १२ अंकको साथ लिगको तेस्रो स्थानमा छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ