टोटेनह्याम बिरुद्धको खेल ‘रिप्ले’ गराउन लिभरपुल कोच क्लोपको माग

गत शनिवार प्रिमियर लिगमा टोटनह्याम र लिभरपुल बिचको खेल निकै विवादास्पद बन्न पुगेको थियो।

खेलमा रेफ्री र भीएआर बिचको गलतफहमीको कारण लिभरपुलको गोल अफसाइडको कारण रद्द भएको थियो। उक्त खेल लिभरपुलले २-१ले हारेको थियो भने खेल पछि प्रिमियर लिगको रेफ्री संघले आफ्नी गल्तीको पुष्टि गर्दै लिभरपुल सँग माफी मागेको थियो।

रेफ्रीको उक्त गल्तीको कारण लिभरपुल खुसी छैन भने लिभरपुलका कोचले हालै एक पत्रकार सम्मेलनमा टोटेनह्याम विरुद्धको खेल फेरी खेलाउन पर्ने अर्थात् रेप्ले गराउन पर्ने माग गरेका छन्।

“यस अवस्थाको एउटा मात्र नतिजा रिप्ले हुनुपर्दछ … तर सायद यो हुनेछैन। रेप्ले विरुद्धको तर्क यसले अन्य खेलहरूमा पनि यो विवादको ढोका खोल्ने र सबैले रिप्ले माग्ने हुने छ।- क्लोपले बताए।

“मलाई लाग्छ कि यो अवस्था अभूतपूर्व छ। म ५६ वर्षको भएँ र मैले फुटबलमा धेरै गलत निर्णयहरू देखेको छु। तर, जहाँसम्म मैले सम्झन्छु, यस्तो गल्ती कहिल्यै भएको थिएन। त्यसैले यो खेलको रिप्ले हुनुपर्छ।”

रेफ्रीको निर्णय अफसाइड रहेको थियो तर भीएआर रेफ्रीको निर्णय गोल रहेको बुझे पछि भीएआरले अनफिल्ड निर्णय ठिक रहेको भने पछि गोल रद्द भएको थियो। उक्त क्षणको अडियो पनि लिभरपुलको अनुरोधमा प्रिमियर लिग रेफ्री संघले सार्वजनिक गरेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ