बायर्नका स्टार स्ट्राइकर ह्यारी केनले मैदानको ‘सेन्टर सर्कल’ बाटै गोल गरे पछि

बायर्न म्युनिखले शनिबार जर्मन लिगमा डार्मस्ट्यातको सामना गरेको थियो र उक्त खेल बायर्नले ८-०ले जित्दा बायर्नका नयाँ स्टार स्ट्राइकर ह्यारी केनले ह्याट्रिक गरेका थिए तर उक्त खेलमा उनको दोस्रो गोलको निकै चर्चा हुँदै गरेको छ।

 

५१ औं मिनेटमा उक्त खेलमा आफ्नो पहिलो गोल गरेका ह्यारी केनले आफ्नो दोस्रो गोल ६९औं मिनेटमा मैदानको सेन्टर सर्कलबाटै गोल गरे पछि उक्त गोल हाल भाइरल हुन पुगेको छ।

बायर्नको लागि काउन्टर अट्याक गर्ने क्रममा केनले विपक्षी गोलकिपर आफ्नो पोजिसनमा नरहेको देखे पछि आफ्नै हाफको सेन्टर सर्कलबाट बल प्रहार गरे भने उनको उक्त प्रहार निकै उत्कृष्टमा परिणत हुन पुग्यो। खेलको ८८ औं मिनेटमा ह्यारी केनले थप एक गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए।

खेलमा बायर्नले ४ मिनेटमै किमिचको गोल मार्फत अग्रता लिएको थियो भने बायर्नले उक्त खेलमा ८ गोल गरेको थियो।

जित पछि हाल बायर्न जर्मन लिगको शीर्ष स्थानमा रहेको छ। ९ खेलमा ७ जित र २ बराबरी गरेको बायर्नले हाल सम्म यस सिजन लिगमा कुनै खेल हारेको छैन।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ