ह्यारी केनको लागि पठायो बायर्न म्युनिकले प्रस्ताव

प्रिमियर लिग क्लब टोटेनह्यामका स्टार स्ट्राइकर ह्यारी केनको लागि जर्मन क्लब बायर्न म्युनिखले प्रस्ताव पठाएको जानकारी छ।

ब्रिटिश रिपोर्टर डेभिड ओन्स्टेनका अनुसार २९ वर्षीय स्ट्राइकरको लागि बायर्नले ७० मिलियन युरो र थप बोनसको औपचारिक प्रस्ताव पठाएको छ। ह्यारी केन र टोटेनह्याम बिचको सम्झौतामा केवल १ वर्ष बाँकी रहेको कारण उनलाई बेच्ने पर्ने दबाबमा टोटेनह्याम रहेको बेला सो कुराको फाइदा उठाउन बायर्न तयार रहेको छ।

यद्यपि प्रिमियर लिग क्लब टोटेनह्यामले बायर्नको उक्त प्रस्ताव अस्वीकार गर्ने जानकारी छ र उनलाई बेच्न टोटेनह्याम अनिच्छुक रहे पनि उनको लागि टोटेनह्यामले १०० मिलियन भन्दा धेरैको माग गर्न सक्ने रिपोर्ट रहेको छ।

प्रिमियर लिग क्लब टोटेनह्याममा स्टार स्ट्राइकर ह्यारी केनको प्रदर्शन निकै उत्कृष्ट हुँदै आएको छ भने उनी टोटेनह्यामको सबैभन्दा महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन् तर टोटेनह्याम उपाधिहरू जित्न असफल रहे पछि ह्यारी केन क्लब छोड्न इच्छुक हुन सक्ने चर्चा छ।

टोटेनह्याम सँग केनको सम्झौतामा मात्र १ वर्ष बाँकी हुने छ र उनलाई अर्को वर्ष फ्रीमा गुमाउन सक्ने सम्भावनाको कारण टोटेनह्याम उनलाई बेच्न दबाबमा रहेको बेला बायर्नले उनलाई साइन गर्न प्रयास गरेको हो।

२९ वर्षका ह्यारी केनले हाल सम्म कुनै उपाधि जितेका छन् र सो कुराबाट उनी सन्तुष्ट छैनन् र उपाधि जित्न उनी अन्य क्लब जान इच्छुक हुने रिपोर्ट रहेको छ भने हाल सम्म केनले टोटेनह्याम सँग सम्झौता विस्तार पनि गरेका छैनन् ।

बायर्न सहित रियल म्याड्रिड र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि उनलाई भित्राउन इच्छुक रहेको छ। बायर्नले आफ्नो स्टार स्ट्राइकर लेवान्डोस्कीलाई गुमाए पछि उनको विकल्पको रूपमा केनलाई साइन गर्ने बायर्नको योजना छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ