एम्बाप्पेलाई भित्राउन रियल म्याड्रिडलाई टक्कर दिन यो प्रिमियर लिग क्लब तयार

फ्रेन्च क्लब पिएसजी आफ्नो स्टार फोवार्ड किलियन एम्बाप्पेलाई यही ट्रान्सफर विन्डो बेच्न तयार रहेको बेला उनको नाम ला लिगा क्लब रियल म्याड्रिड सँग जोडिँदै छ तर उनलाई साइन गर्न प्रिमियर लिग क्लब लिभरपुल, रियल म्याड्रिड सँग प्रतिस्पर्धा गर्न तयार हुन सक्ने जानकारी छ।

एम्बाप्पेले क्लब सँग आफ्नो सम्झौता विस्तार नगर्ने भए पछि पिएसजीले उनलाई बेच्ने योजना बनाएको हो र उनको लागि पिएसजीले २५० मिलियन युरो भन्दा धेरैको माग गर्न सक्ने रिपोर्ट रहेको बेला उनको लागि लिभरपुल €२५० मिलियन र €५० मिलियन बोनस तिर्न तयार हुन सक्ने रिपोर्ट रहेको छ ।

फुटबल सुपरस्टार किलियन एम्बाप्पेले पिएसजीमा आफ्नो सम्झौता नवीकरण नगर्ने निर्णय गरे पछि फ्रेन्च क्लब क्लब पिएसजी उनलाई यही ट्रान्सफर विन्डो बेच्न बाध्य भएको छ नत्र उनलाई २०२४मा पिएसजीले फ्री एजेन्टको रूपमा गुमाउन सक्ने छ।

रिपोर्ट अनुसार २०२४ को अन्त्यसम्म रहेको उनको क्लबसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै पिएसजी यसै ट्रान्सफर विन्डोमा उनलाई बेच्न बाध्य हुन सक्ने भए पछि उनलाई ला लिगा क्लब रियाल म्याड्रिडले साइन गर्न सक्ने धेरै चर्चा हुँदै गर्दा उक्त दौडमा प्रिमियर लिग क्लब लिभरपुल पनि सामेल हुन सक्ने छ।

एम्बाप्पेका लागि रियल म्याड्रिडले केही वर्षदेखि नै विशेष चासो राख्दै आएको छ । २०२१ मा रियल म्याड्रिडसँग सम्झौता हुने अन्तिम तयारीका बिच एम्बाप्पेले पिएसजीमा सम्झौता नवीकरण गरेका थिए ।

एम्बाप्पेलाई अर्को वर्ष फ्रीमा गुमाउने कुराको विरुद्धमा पिएसजी रहेको जानकारी छ जसको कारण उनलाई बेच्न पिएसजी तयार रहेको छ र उनको लागि २५० मिलियन युरो सम्म पिएसजीले माग गर्न सक्ने जानकारी छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ