म्यानचेस्टर युनाइटेड किन्न असफल भए पछि लिभरपुल माथि कतारी अर्बपतिको नजर 

कतारी अर्बपति बैंकर शेख जसिम बिन हमाद अल थानी धेरै समय देखि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड किन्ने प्रयासमा रहेका थिएँ ।

शेख जसिम बिन हमाद अल थानीले म्यानचेस्टर युनाइटेडका हालको मालिक ग्लेजर परिवारलाई $८ बिलियन सम्मको प्रस्ताव गरे पनि ग्लेजरले क्लब बेच्न अस्वीकार गरे पछि हाल कतारी अर्बपतिको नजर युनाइटेडको प्रतिद्वन्द्वी क्लबमा रहेको जानकारी छ।

शेख जसिम म्यानचेस्टर युनाइटेडलाई किन्न धेरै इच्छुक रहेका थिए तर ग्लेजरले शेख जसिमको प्रस्ताव अस्वीकार गरे पछि उनी आक्रोशित रहेको रिपोर्ट छ र उनको नजर हाल युनाइटेडको प्रतिद्वन्द्वी क्लब लिभरपुलमा रहेको रिपोर्ट छ।

 

गत वर्ष, यो रिपोर्ट गरिएको थियो कि लिभरपुलका मालिक फेनवे स्पोर्ट्स समूह द्वारा क्लबलाई बिक्रीको लागि राखिएको थियो।

यद्यपि, पछि यो खुलासा भयो कि फेनवेले क्लबको वित्तीय शक्ति बढाउन लगानीकर्ताहरू मात्र खोजिरहेको थियो तर हाल रिपोर्ट अनुसार कतारी अर्बपति बैंकर शेख जसिम बिन हमाद अल थानीले लिभरपुललाई किन्न प्रयास गर्न सक्ने छ।

म्यानचेस्टर युनाइटेड किन्न असफल भए पछि शेख जसिमले इटालियन क्लब इन्टर मिलानलाई किन्न सक्ने पनि रिपोर्ट रहेको छ तर उनको योजना प्रिमियर लिग क्लब रहेको कारण लिभरपुल वा टोटेनह्याममा उनले लागनी गर्ने ठुलो सम्भावना रहेको छ।

 

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ