सन्डरल्याण्डबाट बेलिङ्घमलाई साइन गर्न रियल म्याड्रिड इच्छुक

ला लिगा क्लब रियल म्याड्रिड आफ्नो स्टार खेलाडी जुड बेलिङ्घमका भाइ जोब बेलिङ्घमलाई पनि साइन गर्न इच्छुक रहेको जानकारी छ।

१८ वर्षीय जोब बेलिङ्घम हाल इङ्गल्यान्डको दोस्रो डिभिजन क्लब सन्डरल्याण्डबाट खेल्दै छन् र उनको खेल निकै राम्रो रहे पछि रियल म्याड्रिडको निगरानी उनी माथि पर्न सुरु गरेको जानकारी छ।

जुड बेलिङ्घमलाई रियल म्याड्रिडले डर्टमन्डबाट €१०३ मिलियनमा साइन गरेको थियो र हाल उनको प्रदर्शन रियल म्याड्रिडमा निकै उत्कृष्ट रहेको छ भने हाल उनको भाइ जोब बेलिङ्घमलाई पनि साइन गर्न रियल इच्छुक रहेको र उनको खेल हेर्न रियलले आफ्नो स्काउट पठाएको पनि रिपोर्टले जनाएको छ।

जुड बेलिङ्घमले हाल सम्म रियलको लागि १० खेलमा १० गोल र ३ असिस्ट गरेका छन् र सेन्ट्रल मिडफिल्डर हाल रियलको एक महत्त्वपूर्ण खेलाडी बनेका छन्।

जुड बेलिङ्घमका भाइ जोब बेलिङ्घमको खेल पनि सन्डरल्याण्डमा राम्रो रहेको छ। उनले सन्डरल्याण्डबाट १२ खेलमा २ गोल र १ असिस्ट गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ