ह्यारी म्याग्वायरले म्यानचेस्टर युनाइटेड छोड्न मानेनन्

म्यानचेस्टर युनाइटेडमा फ्लप भएका डिफेन्डर ह्यारी म्याग्वायरको ट्रान्सफरको लागि म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम युनाइटेड बिच ३० मिलियन ब्रिटिस पाउन्डमा सम्झौता भएको थियो तर ह्यारी म्याग्वायरले क्लब नछोड्ने निर्णय लिए पछि उक्त ट्रान्सफर वार्ता असफल भएको छ।

उनलाई बेच्न म्यानचेस्टर युनाइटेड धेरै इच्छुक रहेको थियो भने वेस्ट ह्याम सँग सबै सम्झौता पनि भए पछि ह्यारी म्याग्वायरले वेस्ट ह्याम सँग व्यक्तिगत सम्झौता नगरे पछि अब म्याग्वायरले क्लब नछोड्ने भएका छन्।

गत सिजन युनाइटेडमा पहिलो रोजाइका लागि सङ्घर्ष गरेका इंग्ल्याण्डका ३० वर्षीय डिफेन्डरलाई कप्तानीबाट हटाइएका थिए र युनाइटेडले उनलाई बेच्न योजना गरे पनि म्याग्वायरले क्लबमा आफ्नो स्थानको लागि प्रतिस्पर्धा गर्ने भनेर बताएका छन्।

उनी सन् २०१९ को अगस्टमा विश्व कीर्तिमानी ८० मिलियनमा युनाइटेडमा आबद्ध भएका थिए। म्याग्वायरले गत सिजन युनाइटेडका लागि ३० खेल खेलेका थिए । तर लिगमा मात्र आठ खेलमा पहिलो रोजाइमा परेका थिए ।

उनी टिममा लिसान्ड्रो मार्टिनेज, राफेल भारान, भिक्टर लिन्डलोफ र लुक शापछि पाँचौँ रोजाइको डिफेन्डर बनेका थिए ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ