म्यानचेस्टर युनाइटेडका स्टार डेभिड डे हेया स्पेनको ५५ सदस्यीय प्रारम्भिक टोलीमा ठाउँ बनाउन असफल भए पछि विश्वकप गुमाउने पक्का भएको छ ।
David de Gea ‘will NOT go to the Qatar World Cup after being excluded from Spain’s 55-man provisional squad’ https://t.co/sBnKtECMa2
— MailOnline Sport (@MailSport) October 28, 2022
स्पेनका प्रशिक्षक लुइस एनरिकले फिफालाई आफ्नो टिमको सूची पठाएका छन्, जसबाट उनले अन्तिम २६ सदस्यीय टोली छनोट गर्नेछन् । एएसका अनुसार, एनरिकले प्रत्येक पोजिसनका लागि पाँच खेलाडीहरू चयन गरेका छन् तर पनि डे हेया उक्त टिममा भने पर्न सफल भएका छैनन्।
यस सिजन युनाइटेडका लागि नियमित खेलाडी भए पनि रिपोर्ट अनुसार डे हेयालाई स्पेनको टोलीमा पर्न असफल भएका छन् भने स्पेनका प्रशिक्षक लुइस एनरिकले आफ्नो टिमको पहिलो रोजाइको गोलकिपर ब्रेन्टफोर्डका डेभिड रायालाई बनाउँदै आएका छन्।
David de Gea is out of the World Cup after failing to make it into Spain’s 55-man preliminary squad.
[@as_maroto]#mufc pic.twitter.com/0ifRh6tDi9
— Sam Street (@samstreetwrites) October 27, 2022
चेल्सीका स्टार गोलकिपर केपा एरिजाबालागा भने स्पेनको टिममा पर्न सफल भएका छन् तर उनी ब्याकअप गोलकिपरको रूपमा हुने जानकारी छ। गेटाफेका गोलकिपर डेभिड सोरिया पनि उक्त प्रारम्भिक टोलीमा पर्न सफल भएका छन्।
डे हेया धेरै समय देखि स्पेनको मुख्य गोलकिपरको रूपमा रहेका छन् तर स्पेनका प्रशिक्षक लुइस एनरिकको योजनामा भने उनी पर्न असफल हुँदै आएका छन्