आफू भन्दा यी ५ खेलाडी धेरै ‘टेक्निकल’ रहेको नेमारको दाबी

पिएसजीका ब्राजिलियन सुपरस्टार नेमारले आफु भन्दा धेरै ‘टेक्निकल’ रहेको खेलाडीहरूको नाम लिएका छन्। ‘ओ माई गोलसँग एक अन्तर्वार्तामा बोल्दै, उनले स्वीकार गरे कि विश्व फुटबलमा उनी भन्दा केही प्राविधिक खेलाडीहरूबाट उनी प्रभावित भएका छन्।

उक्त अन्तर्वार्तामा उनलाई आफू भन्दा ‘टेक्निकल’ कुन खेलाडी रहेको भनेर प्रश्न हुँदा उनले ५ खेलाडीहरूको नाम लिए।

“म भन्दा बढी टेक्निकल?” नेमारले प्रश्नको जवाफ दिनु अगि भने।

“मलाई थाहा छैन कि म यसको उत्तर कसरी दिन सक्छु! विश्वको सबै नम्रताका साथ, म आफूलाई हाल फुटबलको सबैभन्दा प्राविधिक खेलाडीहरू मध्ये एक मान्दछु।”

तर पछि ५ खेलाडीहरूको नाम लिए : “मेस्सी, भेर्राटी, ह्याजार्ड,केभिन डि ब्रोइना अझै एक खेलाडी बाँकी छ?

“म भन्दा बढी टेक्निकल … थिएगो !”

उनले सबैभन्दा उत्कृष्ट खेलाडी भने आफ्नो पिएसजी टिम-मेट मेस्सी रहेको बताए।

“म मेस्सी भन्छु । एक खेलाडी जससँग म आज फेरि खेल्न चाहन्छु, स्पष्ट रूपमा यो मेस्सी हो किन भने उहाँ नम्बर एक हुनुहुन्छ, सबै भन्दा महान। हरेक क्लब, हरेक खेलाडीले उनलाई माया गर्छन्। सबैजना उनीसँग खेल्न चाहन्छन्।”

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ