हाजार्डले रियल म्याड्रिडमा ‘आफ्नो करियर मर्न दिए’

रियल म्याड्रिडका जर्मन स्टार टोनी क्रुसले आफ्नो रियल म्याड्रिड टिम-मेट हाजार्डले रियल म्याड्रिडमा आफ्नो करियर मर्न दिएको दाबी गरेका छन्।

प्रिमियर लिगमा उत्कृष्ट खेल्दै आएका स्टार फोवार्ड हाजार्डलाई २०१९मा रियलले चेल्सीबाट €१०० मिलियनमा साइन गरेको थियो तर रियलमा उनको खेल सोचे अनुरूप हुन नसके पछि धेरैले उनलाई फ्लपको नाम दिएको बेला उनको आफ्नै टिम मेट क्रुसले उनको वारे बोलेका छन्।

रियल म्याड्रिडले ठुलो रकममा बेलिङ्घमलाई साइन गरेको वारे एक पोडकास्टमा बोल्ने क्रममा टोनी क्रुसले हाजार्ड लक्षित गर्दै बोले।

“हामीसँग अर्को एक खेलाडी थिए जो धेरै पैसामा आएका थिए र मूलतया उनले आफ्नो क्यारियरलाई मर्न दिए।- क्रुसले दाबी गरे।

“यो धेरै पैसा थियो, मलाई लाग्छ कि सबैले भन्नेछन् कि यो राम्रो ट्रान्सफर थिएन। तर सकारात्मक बनौँ।”

हाजार्डले यहि महिना मात्र रियल म्याड्रिड सँग आफ्नो सम्झौता रद्द गरेका थिए। रियल म्याड्रिडले २०१९मा चेल्सीबाट हाजार्डलाई अनुबन्ध गर्न €१०० मिलियन र केही बोनस तिरेको थियो तर रियलमा उनको खेल सोचे अनुरूप हुन सकेको छैन र चोटको कारण धेरै जस्तो समय उनी मैदान बाहिर रहे।

चेल्सीको लागि ३५२ खेलमा ११० गोल र ९२ असिस्ट गरेका हाजार्ड रियलमा आए पछि धेरै चोटको सिकार भए भने उनले रियलमा हाल सम्म १० गोल पनि पुरा गर्न सकेका छैनन्।

रियलमा ७६ खेलमा उनले केवल ७ गोल गरे पछि उनलाई धेरैले फ्लपको नाम दिने गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ