१० खेलाडीमा सिमित अल नासरलाई रोनाल्डोले जितायो उपाधि

साउदी क्लब अल नासरले अराब क्लब च्याम्पियनसिप कपको उपाधी हात पारेको छ ।

सनिबार सम्पन्न खेलमा अल नासरले अल हिलाललाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको ५१ औं मिनेटमा अल हिलालको माइकलले गोल गर्दै क्लबलाई अग्रता दिलाएको थियो ।

७१ औं मिनेटमा अल नासरको अम्रीले रातो कार्ड खादै मैदान छोड्नु परेको थियो ।

१० खेलाडीमा सिमित अल नासरका लागि ७४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

७८ औं मिनेटमा अल नासरका बेन्चमा रहेका खेलाडी नवाफले रातो कार्ड पाएको थियो ।

दोस्रो हाफ सक्किएपछि अतिरिक्त समयमा ९८ औं मिनेटमा फेरि पनि रोनाल्डोले नै गोल गर्दै अल नासरलाई २-१ को जित दिलाउन सफल भए ।

अल नासरले यस उपाधी पहिलो पटक जितेको हो भने रोनाल्डोको साउदीमा यो पहिलो उपाधी हो ।