८ गोल थ्रीलरमा रियलले जित्यो विश्व कप

रियल मड्रिडले फिफा क्लब विश्वकपको उपाधि उचालेको छ ।

प्रिन्स अब्देल्लाह स्टेडियममा शनिबार राति भएको फाइनलमा साउदीको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियलले उपाधि चुमेको हो ।

रियलले कीर्तिमानी पाँचौं पटक क्लब विश्वकपको उपाधि जितेको हो ।

खेलको १३औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

१८औं मिनेटमा फेडेरिकोले गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो ।

२६औं मिनेटमा मोउसाले गोल गर्दै हिलाललाई २-१ को स्थितिमा ल्याए ।

खेलको ५४औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता ३-१ को बनाए ।

५८औं मिनेटमा फेडेरिकोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४-१ को अग्रता दिलाए ।

खेलको ६३औं मिनेटमा भिट्टोले गोल गर्दा हिलाल ४-२ को स्थितिमा आयो ।

६९औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दा रियल ५-२ ले अघि रह्यो ।

त्यसपछि खेलको ७९औं मिनेटमा हिलालका भिट्टोले व्यक्तिगत दोस्रो गोल गरेपनि रियल ५-३ ले विजयी भयो ।

ब्राजिलको फ्लामेन्गोले तेस्रो स्थान हासिल गरेको छ ।

अल अहलीलाई ४-२ गोल अन्तरले हराएर फ्लामेन्गो तेस्रो भएको हो ।