पूर्व लिभरपूल स्टार रोनी रोसेन्थल २०२०-२१को सिजनमा लिभरपूलको हारहरुबाट आफु अचम्मित नरहेको बताए।
‘Losing 7-2 or 1-0 is still zero points & not a big deal’ – Liverpool still strong title favourites, says Rosenthal https://t.co/iVB2JbNbGU pic.twitter.com/n5ExegaaaE
— Goal South Africa (@GoalcomSA) January 1, 2021
लिभरपूल एस्टन भिल्लाबिरुद्ध ७-२ले पराजित भएको थियो र सो कुरा ‘ठूलो’ नरहेको पुर्व लिभरपूल स्टारको विश्वास छ भने उनले बताए कि यो सिजन पनि क्लोपका पक्ष प्रिमियर लिग जित्ने मुख्य दाबेदार हुन्।
पूर्व रेड्स मिडफील्डरले फोर्ब्स संग कुरा गर्दै भने: “म उनलाई (क्लोप) बुझ्न सक्दछु, तर सबै क्लबहरूको लागि यो कुरा समान छ।
“लिभरपूल संग अझै पनि उत्कृष्ट खेलाडीहरु छ भर्जिन भ्यान डाइक बिना पनि। क्लबमा एक वा दुई नयाँ युवा खेलाडीहरू आउँदैछन्।
“यहाँ र त्यहाँ क्लबले पोइन्ट ड्रप गरे, तर लिभरपूल संग अझै पनि खेलमा चुनौती दिन पर्याप्त गुणहरु छ। ७-२ जस्तो परिणामहरू हुन सक्छ।
“प्रिमियर लिगमा, जो कोहीले पनि कसैलाई पनि हराउन सक्छ, ७-२को हार पनि! एक प्रकारको खेल थियो जहाँ लिभरपूलमा गिरावट आयो । यो २०० खेलहरूमा एक पटक हुन सक्ने कुरा हो।
“७-२ले हार्नु र १-०ले हार्नु एउटै हो। जसमा शून्य अंक हुन्छ यो कुनै ठूलो कुरा होइन।”