पुर्व म्यान्चेस्टर युनाइटेडका स्ट्रार खेलाडी वेन रुनिले इङलिस फुटबलमा लामो समय पछि गोल गरेका छन् ।
रुनिले ७७१ दिन पछि इङ्ग्ल्यान्डमा गोल गरेका हुन् । यो भन्दा अगाडी उनी अमेरिकाको एमएलएसमा डिसी युनाइटेडबाट खेल्थे ।
उनले डर्बी काउन्टीका लागि पहिलो गोल गरे तर क्लबलाई भने हारबाट जोगाउन सकेन ।
लुटन टाउन र डर्बी काउन्टी बिचको खेलमा लुटनले ३-२ ले जित्न सफल भयो ।