६० मिलियन युरोमा स्टार मिडफिल्डर भित्र्याउँदै चेल्सी

प्रिमियर लिग क्लब चेल्सी ६० मिलियन युरोमा स्टार डिफेन्सिभ मिडफिल्डर म्यानुअल उगार्टेलाई साइन गर्न धेरै नजिक रहेको इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले जनाएका छन्।

२२ वर्षीय उरुग्वेन मिडफिल्डर म्यानुअल उगार्टे हाल पोर्चुगिज क्लब स्पोर्टिङ सीपीमा रहेका छन् भने उनलाई साइन गर्न प्रिमियर लिग क्लब चेल्सी धेरै इच्छुक रहेको छ र उनलाई साइन गर्न चेल्सी धेरै नजिक पुगेको रोमानोले जनाएका छन्।

६० मिलियन युरोमा म्यानुअल उगार्टेलाई साइन गर्न आफू अग्रिम चरणमा पुगेको चेल्सीको विश्वास रहेको- तर अझै पनि दुई बिच सम्झौता र कागजी कार्य पुरा नभएको रोमानोले बताए भने पिएसजी पनि उनलाई साइन गर्ने दौडमा रहेको कारण आउँदो केही घण्टा महत्त्वपूर्ण हुने पनि रोमानोले थपे।

२२ वर्षीय डिफेन्सिभ मिडफिल्डर म्यानुअल उगार्टेलाको खेल निकै उत्कृष्ट रहेको छ जसको कारण धेरै युरोपियन क्लबहरुको नजर उनी माथि परेको छ।

२०२१मा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीमा एक म्यानुअल उगार्टे छोटो समयमै क्लबको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन्। उनले हाल सम्म स्पोर्टिङको लागि ८५ खेल खेल्दै १ गोल र २ असिस्ट गरेका छन्।

स्पोर्टिङ सँग उनको सम्झौता २०२६ सम्म रहे पनि ठुलो प्रस्ताव आए उनलाई बेच्न स्पोर्टिङ तयार हुने स्पष्ट भएको छ र हाल उनलाई साइन गर्न चेल्सी निकै नजिक पुगेको जानकारी छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ