£५.७ मिलियनको माग गर्दै नेमारको बार्सिलोना बिरूद्ध तेस्रो मुद्दा

नेमारले आफ्नो पूर्व क्लब बार्सिलोनाको बिरूद्ध तेस्रो कानुनी मुद्दा खोलेको छ, र उनको कुल माग £३३ मिलियन पुगेको छ।

एल मुन्डोका अनुसार नेमारले ‘आकस्मिक भुक्तानी’ सम्बन्धी £५.७ रकमको माग गर्दै बार्सिलोना बिरूद्ध तेस्रो मुद्दा राखेका छन्।

विगतमा पनि, वर्तमान पि एसजी स्टारले बार्साले आफ्नो बोनसहरु भुक्तानी नगरेको भन्दै मुद्दा चलाएका थिए, जुन लगभग £२८ मिलियनको थियो।

२०१७मा उनले बार्सा छाडेर पिएसजी गएका थिए, उक्त स्थानान्तरणले विश्व कीर्तिमान बनाएको थियो, £१९७ मिलियनमा उनि पिएसजी गएका थिए।

पिएसजीमा गए पनि बार्साले उनलाई दिन पर्ने केहि बोनसहरु क्लबले नदिएको नेमारको आरोप छ। बार्सा र नेमार बीच सम्झौताको अनुसार पाउन पर्ने बोनसहरु नेमारले नपाए पछि उनले बार्सा माथि मुद्दा हालेका थिए।

यो उनको तेस्रो मुद्दा हो भने हाल उनले फेरी £५.७ मिलियनको माग गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ