जापानीज स्ट्राइकर काजुयोशी मियुराले योकोहामा एफसीसंग एक वर्षको सम्झौता गर्दै सबैभन्दा लामो व्यवसायीक खेल जीवन अझै लम्बाएको छ ।
केहि दिन मै ५३ बर्ष लाग्ने यी खेलाडीले ३५ औं सिजनमा प्रवेश गरेका छन् ।
‘किङ काजु’को नामले चिनिने यी खेलाडी, फुटबलको प्रतिस्पर्धात्मक खेलमा गोल गर्ने सबैभन्दा जेठो खेलाडी हुन् र उनले यसमा विश्व रेकर्ड पनि बनाउन सफल भएको छ ।
मियुराले ब्राजिलियन क्लब सान्टोस, इटालियन क्लब गेनोआबाट खेलिसकेका छन् भने जापानको राष्ट्रिय टिमबाट ८९ खेल खेल्दै ५५ गोल समेत गरेका छन् ।
DEAL DONE: Kazuyoshi Miura, who is 53-years old, has signed a new one-year contract at Japan's Yokohama. #DiskiFans pic.twitter.com/ad5W2Yv5s0
— DISKIFANS (@diskifans) January 11, 2020
योकोहामाले नयाँ सिजनको पहिलो खेल फेब्रुअरी २३ मा इनिएस्टाको भिस्सेल कोबेबिरुद्ध खेल्ने छ ।