४० वर्षिय इब्राहिमोभिचको उत्कृष्ट गोलमा मिलान हारबाट जोगियो

एसी मिलान इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएका छन् ।

खेलको इन्जुरी समयमा अनुभवी खेलाडी जाल्टान इभ्राहिमोभिकको गोलसँगै शीर्ष स्थानको मिलान १० खेलाडीमा सीमित उडिनेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १७ मिनेटमा उडिनेसले बेटोको गोलमा अग्रता बनायो । इन्जुरी समयमा ४० वर्षिय जाल्टानले उत्कृष्ट गोल गर्दा उडिनेस घरेलु मैदानमा जितबाट बञ्चित भयो ।

खेलको अन्तिम मिनेटमा घरेलु टोलीका इशाक सक्सेकले रातो कार्ड बेहोरेका थिए ।

बराबरीसँगै एसि मिलान १७ खेलबाट ३९ अंक सहित शीर्षस्थानमा यथावत छ ।