३ खेलमा बायर्न म्युनिखले गर्यो समग्रमा ७० गोल

बायर्न म्युनिखले प्रि-सिजन खेलमा रोटाच-एगर्नमाथि २७-० को अविस्मरणीय जित निकालेको छ ।

मंगलबार राती भएको खेलमा बायर्नका लागि १३ खेलाडीले गोल गरेका थिए ।

बार्यनलाई जित दिलाउन जमल मुसियाला, म्याथिस टेल र मार्सेल सबिट्जरले समान पाँच पाँच गोल गरे भने सर्ज गिनाब्रीले तीन  तथा अल्फन्सो डेभिस, कोनराड लाइमर, नोसाइर माजराउइ, डायोट उपमेकानो, लिरोय साने, राफेल गुरेरो, रायन ग्रेभेनबर्च, किङ्गसले कोम्यान र सादियो मानेले समान एक गोल गरे ।

बायर्नले यसअघि २०१९ मा यही विपक्षीलाई २३-० ले हराएको थियो भने २०१८ मा २०-२ गोल अन्तरले हराएको थियो । तीन खेल खेल्दा बायर्नले यस टोलिबिरुद्ध समग्रमा ७०-२ को नतिजा बनाएको छ ।