२०१६मा लिग जितेको क्लब पर्‍यो रेलेगेसनमा 

इंगलिस क्लब लेस्टर सिटी प्रिमियर लिगबाट रेलेगेसनमा परेको छ। २०१५-१६ सिजनमा सबैलाई चकित पार्दै लिग जितेको क्लब लेस्टर सिटी, ७ वर्ष पछि रेलेगेसनमा परेको छ भने अर्को सिजन लेस्टर इंगलिस फुटबलको दोस्रो डिभिजन- च्याम्पियनसिप फुटबल लिगमा खेल्ने छ।

यो सिजन लेस्टरको फम निकै खराब रहेको थियो- लिगको अन्तिम खेलमा वेस्ट ह्याम विरुद्ध २-१को जित हासिल गरे पनि लेस्टर सिटी रेलेगेसनबाट बच्न असफल रह्यो।

यो सिजन लिगमा लेस्टर सिटी केवल ९ खेल जित्न सफल रहेको छ। ३८ खेलमा ९ जित ७ बराबरी र २२ हारको साथ लेस्टरले केवल ३४ अंक प्राप्त गर्यो जसको कारण लेस्टर लिगको अठारौँ स्थानमा रह्यो।

लेस्टर सिटी संगै लिड्स युनाइटेड र साउथह्याम्प्टन पनि रेलेगेसनमा परेको छ तर २०१६मा मात्र उत्कृष्ट सिजनको साथ लिग जितेको लेस्टर सिटी रेलेगेसनमा पर्नु ठुलो चर्चाको विषय बनेको छ।

२०१५-१६को प्रिमियर लिग सिजनमा ८१ अंक प्राप्त गर्दै लेस्टरले लिग जितेको थियो। भार्डी, कान्टे, महरेज जस्ता खेलाडीहरुको मद्दतमा लेस्टरले लिग जितेको थियो भने हालैको कुरा गर्दा २०२१मा लेस्टरले चेल्सीलाई हराउँदै एफ ए कप पनि जितेको थियो।

यो सँगै लेस्टर सिटी विगतमा प्रिमियर लिग जिते पनि रेलेगेसनमा पर्ने दोस्रो टिम बनेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ