आइतबार कतारमा २०२२को विश्वकप सुरु हुँदै छ भने हाल २०१४मा फुटबल स्टार मेस्सीको उत्कृष्ट प्रदर्शनको भिडियो भाइरल हुँदै गएको छ।
२०१४को ब्राजिल विश्वकपमा मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना फाइनल पुगेको थियो तर फाइनल खेलमा अर्जेन्टिना अतिरिक्त समयमा गोल खादै खेल हार्न पुगेको थियो।
अर्जेन्टिना फाइनल पुग्नुमा मेस्सीको भूमिका निकै महत्त्वपूर्ण रहेको थियो। ग्रुप स्टेजमा मेस्सीले ४ गोल गरेका थिए र राउन्ड अफ १६को खेलमा स्विट्जरल्याण्ड बिरुद्ध मेस्सीले गोल नगरे पनि उनको प्रदर्शन धेरै राम्रो थियो र उनले टिमलाई जित्न मद्दत गरे।
मेस्सीको २०१४को विश्वकपमा गोल्डेन बल पनि जितेका थिए र उनको खेल निकै उत्कृष्ट रहेको थियो भने हाल २०१४ विश्वकपमा उनको उत्कृष्ट प्रदर्शनको भिडियो फेरी भाइरल हुन पुगेको छ र यो वर्षको विश्वकपमा पनि मेस्सीको उत्कृष्ट खेल हुने धेरै फ्यानहरूको विश्वास रहेको छ।