२०१४मा अर्जेन्टिनाको लागि बाधक बनेका गोट्जे, यसपालि अर्जेन्टिनाको लागि खुसी मनाउँदै

अर्जेन्टिनाले २०२२को फिफा विश्व कप उपाधि जिते पछि जर्मन स्टार खेलाडी मारियो गोट्जेले सेलेब्रेट गर्दै गरेको भिडियो हाल भाइरल हुँदै गएको छ।

८ वर्ष अगाडी उनकै गोलमा जर्मनीले अर्जेन्टिनालाई १-०ले पराजित गर्दै जर्मनीलाई २०१४को विश्व कप जिताएका थिए भने उनी सो बेला अर्जेन्टिनाको लागि बाधक बने पनि हाल यो वर्ष अर्जेन्टिनाको जितमा खुसी मनाउने क्रममा रहेका छन्।

आइतबार भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा पराजित गरे पछि जर्मन स्टार मारियो गोट्जे आफ्नो छोरा सँग सेलेब्रेट गर्दै गरेको भिडियो हाल सामाजिक संजालमा भाइरल हुँदै गएको छ र उनी अर्जेन्टिनाको जितबाट धेरै खुसी देखिन्थे।

ब्राजिलमा भएको विश्व कप २०१४को फाइनल पनि अतिरिक्त समयमा गएको थियो तर खेलको ११३औँ मिनेटमा मारियो गोट्जेले गोल गर्दै अर्जेन्टिनाको विश्व कप सपना चकनाचुर बनाएका थिए। सो बेला अर्जेन्टिनाको लागि बाधक बनेका गोट्जे हाल अर्जेन्टिनाको लागि खुसी मनाए पछि उनी भाइरल भएका छन्।

२०१४मा जर्मनीलाई उपाधि जिताउन मद्दत गरेका गोट्जेले २०१८को विश्व कप गुमाएका थिए भने यो वर्षको विश्व कपमा उनी टिममा फर्के पनि जर्मनी ग्रुप स्टेजबाटै आउट भएको थियो।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ