१६ वर्षका ‘वन्डरकिड’ साइन गर्न बार्सा र बायर्न बिच प्रतिस्पर्धा

एफसी कोपेनहेगनका वन्डरकिड रुनी बर्दजी माथि युरोपका शीर्ष क्लबहरूको नजर रहेको छ। १६ वर्षका युवा स्टारको खेल निकै राम्रो रहेको छ भने सानो उमेरमै उनि एफसी कोपेनहेगनको एक नियमित खेलाडी बन्ने क्रममा रहेको रिपोर्ट छ।

स्विडिस विङ्गरले २ कोपेनहेगनको लागि २ खेलमा १ गोल गरेका छन् भने स्वीडेनको यु१७ राष्ट्रिय टिमको लागि ४ खेलमा २ गोल गरेका छन्।

हाल खबर अनुसार उनलाई साइन गर्न ला लिगा क्लब बार्सिलोना र बुन्डेसलिगा क्लब बायर्न म्युनिख इच्छुक रहेको छ तर चेल्सी, आयाक्स जस्ता अन्य ठुलो क्लबले पनि उनि माथि नजर राखेको जानकारी छ।

 

कोपेनहेगनको यु१९ टिममा उनले ९ खेलमा ४ गोल गरे पछि उनि सिनियर टिममा बढुवा भएका थिए भने सिनियर टिममा २ खेलमा उनले १ गोल गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ