१५० मिलियन मूल्य रहेको स्टार स्ट्राइकर माथि चेल्सीको नजर

प्रिमियर लिग क्लब चेल्सीको यो सिजन निकै खराब रह्यो भने अर्को सिजनको लागि अहिले देखिनै तयारी गर्दै गरेको चेल्सीको योजना नयाँ स्ट्राइकर साइन गर्ने रहेको छ।

रिपोर्ट अनुसार आउँदो ट्रान्सफर विन्डोमा नयाँ स्ट्राइकर साइन गर्ने भर्खरै नियुक्त भएका चेल्सी कोच मौरिसियो पोचेटिनोको मुख्य प्राथमिकता रहेको बेला १५० मिलियन युरो मूल्य रहेको इटालियन क्लब नापोलीका स्टार स्ट्राइकर भिक्टर ओसिमहेन माथि चेल्सीको नजर रहेको छ।

२०२०मा नापोलीमा आएका नाइजेरियन स्टारको फम निकै उत्कृष्ट रहेको छ भने उनले आफ्नो क्लब नापोलीलाई इटालियन सिरी ए लिग उपाधि जिताउन मद्दत गरे पछि धेरै ठुलो क्लबहरूको नजर उनी माथि पर्न सुरु भएको छ र चेल्सी पनि उक्त क्लबहरू मध्ये एक रहेको छ।

उनले हाल सम्म नापोलीको लागि १०० खेल खेल्दै ५८ गोल र १४ असिस्ट गरेका छन् र यो सिजन उनले नापोलीलाई लिग जिताउन मद्दत गरेका थिए र उनलाई साइन गर्न चेल्सी सहित रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड पनि इच्छुक रहेको जानकारी छ।

भिक्टर ओसिमहेन नापोलीको लागि एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन् र उनलाई बेच्न नापोली अनिच्छुक रहे पनि €१५० मिलियन वा सो भन्दा माथिको प्रस्ताव आए उनलाई नापोली बेच्ने जानकारी छ।

भिक्टर ओसिमहेनलाई साइन गर्न चेल्सी असफल रहे चेल्सीले इन्टर मिलानका लाउटारो मार्टिनेज वा एटलान्टाका रस्मस होजलंडलाई साइन गर्न प्रयास गर्न सक्ने पनि रिपोर्ट रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ