१२ वर्ष पछि उरुग्वे सँग बदला लिने आज घानालाई मौका

२०२२ फिफा विश्वकप अन्तर्गत शुक्रबार ग्रुप एचको खेलमा अफ्रिकी राष्ट्र घानाले उरुग्वे विरुद्ध खेल्ने छ भने उक्त खेल धेरै रोमाञ्चक हुने छ किन भने १२ वर्ष पछि उरुग्वे सँग बदला लिने मानसिकतामा घाना हुने छ।

२०१०को विश्वकपमा दुई बिचको खेल निकै विवादास्पद बनेको थियो। विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने घाना सँग राम्रो अवसर थियो तर उरुग्वेका स्टार स्वारेजले घानाको गोल हातको प्रयोग गर्दै विफल गरे पछि घानाले खेल हारेको थियो भने अझै पनि दुई बिच तीतोपन रहेको छ।

सो घटना पछि दुई राष्ट्रले एक अर्का सँग फुटबल खेल खेलेको छैन भने १२ वर्ष पछि दुई पहिलो पटक भिड्ने छ भने सो खेल उरुग्वे सँग बदला लिने घानालाई मौका रहेको घाना फुटबल संघका अध्यक्ष कर्ट ओक्राकुले पनि स्वीकार गरेका छन्।

२०१०को विश्वकपको क्वार्टर फाइनल खेलमा घानाको स्पष्ट गोल मौका स्वारेजले आफ्नो हातले रोकेका थिए भने घानाले पेनाल्टी पाए पनि गोल गर्न असफल रहेको थियो र खेल १-१को बराबरी पछि खेल पेनाल्टीमा गएको थियो र घाना पेनाल्टीमा ४-२ले हारेको थियो।

उक्त खेल नेपाली समय अनुसार शुक्रबार राती ८:४५मा सुरु हुने छ। ग्रुप एचको दोस्रो स्थानमा रहेको घानालाई अर्को चरणमा पुग्न उरुग्वे विरुद्ध बराबरी मात्र भए पनि पर्याप्त हुने छ भने पुछारमा रहेको उरुग्वेलाई जितको आवश्यक रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ