१० खेलाडीमा सीमित भएको लिभरपुलको उत्कृष्ट कम-ब्याक जित 

शनिवार प्रिमियर लिगमा लिभरपुलले बोर्नेमाउथ विरुद्ध उत्कृष्ट कमब्याक जित हासिल गरेको छ।

शनिवार एनफिल्डमा भएको खेलमा लिभरपुल विरुद्ध बोर्नेमाउथले खेलको ३ मिनेटमै अग्रता निकालेको थियो। एन्टोइन सेमेन्योले बोर्नेमाउथको लागि गोल गरेका थिए।

खेलको ३ मिनेटमै गोल खाएको लिभरपुल २७ औँ मिनेटमा खेललाई बराबरीमा लागेको थियो। लुइस डियाजले लिभरपुलको लागि गोल गर्दै खेल बराबरीमा लागेको थियो भने खेलको ३६औँ मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो।

सालाहको पेनाल्टी बोर्नेमाउथ गोलकिपर नेटोले सेभ गरे पनि रीबाउन्दमा सालाहले गोल लिभरपुललाई खेलमा पहिलो पटक अग्रता दिलाएको थियो।

पहिलो हाफ २-१मा अन्त्य भएको थियो भने दोस्रो हाफको ५८औँ मिनेटमा लिभरपुलका एलेक्सिस म्याक एलिस्टरले रातो कार्ड पाए पछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो।

६२ औँ मिनेटमा डियोगो जोटाले गोल गर्दै लिभरपुलको अग्रता ३-१मा लगेको थियो भने १० खेलाडीमा सीमित भएको लिभरपुल निकै उत्कृष्ट कमब्याक जित हासिल गर्न सफल भएको हो।

उक्त जित पछि हाल लिभरपुल लिगमा १ जित र १ बराबरीको साथ तेस्रो स्थानमा पुगेको छ भने १ बराबरी १ हारको साथ बोर्नेमाउथ लिगको चौधौँ स्थानमा रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ