१० खेलाडीमा सिमित चेल्सीमाथी रियल म्याड्रिडको जित

च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिडले चेल्सीलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले चेल्सीलाई २-० ले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जिमा र मार्को असेन्सियोले एक एक गोल गरेका थिए ।

त्यसैगरी, खेलको ५९ औं मिनेटमा चेल्सीको बेन चिलवेलले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि रियल म्याड्रिड सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अब क्वाटरफाइनलको दोस्रो लिग अपिल १९ मा चेल्सीको घरेलु मैदानमा हुने छ ।