बार्सिलोनाका नयाँ प्रशिक्षक क्वेक सेटिनले बार्सिलोनाबाट प्रशिक्षकको प्रस्ताव आउनु अघि आफु गाउँमा गाई चराउदै ब्यस्त रहेको बताए ।
६१ वर्षिय बार्सिलोनाका नयाँ प्रशिक्षक क्वेक सेटिनले मंगलबार देखि बार्साको प्रशिक्षण गरे ।
क्लबमा आइसकेपछि पहिलो पत्रकार सम्मेलनमा, “हिजो सम्म म आफ्नो गाउँ तिर गाईहरु चराउदै थिए, र आज म बार्सिलोनामा विश्वको उत्कृष्ट खेलाडीहरुलाई प्रशिक्षण गर्दैछु” उनले भने ।
🗣 Quique Setien: "Not in my wildest dreams could I have imagined being here.
"Yesterday I was walking past the cows in my village, now I'm here training the best players in the world." ❤ pic.twitter.com/Q4PUyIS7rG
— Goal (@goal) January 14, 2020
“म बार्सिलोनालाई यो अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु । मैले सपनामा पनि कहिल्यै सोचेको थिएन कि म बार्सिलोनाको प्रशिक्षक बन्छु भनेर ।”