हालान्ड चम्कदा म्यान्चेस्टर सिटीको सान्दार सुरुवात

इङलिस प्रेमिएर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा अर्लिंग हल्याण्डले दुई गोल गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए ।

यस खेलमा बर्नलीका अनास जाराओरीले रातो कार्ड पाएका थिए ।