हालान्डले बलोन डि’ओर जित्ने सम्भावना बलियो  

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी यो सिजनको च्याम्पियन्स लिग जित्दै आफ्नो ट्रेबल पुरा गरे पछि क्लबका स्टार स्ट्राइकर एर्लिंग हालान्डले यो वर्षको बलोन डि’ओर जित्ने सम्भावना धेरै बलियो बनेको छ।

यो सिजन सिटीमा आफ्नो पहिलो सिजन मै स्टार स्ट्राइकर हालान्डको प्रदर्शन निकै उत्कृष्ट रह्यो। ५३ खेलमा ५२ गोल गर्दै उनले सिटीलाई प्रिमियर लिग, एफ ए कप र हाल च्याम्पियन्स लिग जिताउन मद्दत गरे।

यो सिजन सिटीले आफ्नो ट्रेबल पुरा गरे संगै हालान्ड यो वर्षको बलोन डि’ओर जित्ने हकदार रहेको धेरैको विश्वास छ भने हाल सिटीले च्याम्पियन्स लिग जिते पछि हालान्डले बलोन डि’ओर जित्ने सम्भावना झन् बलियो बनेको छ।

२०२२को जुलाईमा डर्टमन्डबाट केवल €६० मिलियनको ट्रान्सफर मूल्यमा सिटी आएका हालान्डले आफ्नो पहिलो सिजनमै प्रिमियर लिग तहल्का मच्चाए यो सिजन सिटीको लागि ५३ खेलमा ५२ गोल गर्दै उनले लिगमा गोल्डन बुट पनि जितेका छन्।

 

प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै जितमा उनको योगदान निकै ठुलो रहेको छ। प्रिमियर लिगमा यो सिजन ३५ खेलमा हालान्डले ३६ र ८ असिस्ट गरेका र उनी लिगको शीर्ष स्कोररको रूपमा रहेका छन् भने च्याम्पियन्स लिगमा उनले यो सिजन ११ खेलमा १२ गोल गरेका छन् र च्याम्पियन्स लिगमा पनि उनी शीर्ष स्कोरर बनेका छन्।

यो वर्षको बलोन डि’ओको लागि हालान्डले फुटबल लेजेण्ड मेस्सी सँग प्रतिस्पर्धा गर्नु पर्ने अनुमान रहेको छ। मेस्सीले २०२२को फिफा विश्वकप र यो सिजनको फ्रेन्च लिग जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ