हालान्डको कारण म्यान सिटीको प्रदर्शनमा गिरावट आएको दाबी 

म्यानचेस्टर सिटीका नयाँ स्ट्राइकर एर्लिङ हालान्डले यो सिजन सिटीको लागि धेरै गोल गर्दै आएका छन् तर उनको गोल रेकर्ड बाबजुद उनको कारण म्यान सिटीको समग्र प्रदर्शनमा गिरावट आएको पूर्व सिटी मिडफिल्डर डिडि हामानले दाबी गरेका छन्।

यो सिजन हालान्डले प्रिमियर लिगमा २६ गोल गरेका छन् जसमा ह्याट्रिक रहेको छ तर पनि यो सिजन सिटी लिगको दोस्रो स्थानमा रहेको छ र लिगमा सिटीको पहिला जस्तो दबदबा नरहेको र हालान्ड उक्त कुराको प्रमुख कारण रहेको पूर्व सिटी मिडफिल्डर डिडि हामानले दाबी गरे।

“टिममा हालान्डको साथ, तिनीहरू [सिटी] विपक्षी टिममा हाबी हुँदैनन् जुन सिटीले पहिले गर्ने गर्थे। सिटीले पोजिसन कब्जामा लिएर मौकाहरू सिर्जना गर्ने गर्थे।- पूर्व सिटी मिडफिल्डर र फुटबल पण्डित रहेका डिडि हामानले बताए।

“हालान्डसँग मेरो चिन्ताको कुरा यो हो कि – पछिल्लो खेल(नॉटिंघम फोरेस्ट बिरुद्ध) जब सिटी जिते रहेको थियो र हिजो पनि त्यस्तै भयो – जब उनीहरू काउन्टर आक्रमणमा निर्भर थियो जहाँ उनको गति प्रयोग गर्न सिटी सक्षम हुने छ, तर त्यो बाहेक हालान्डलाई बाँकी समय खेलमा ल्याउन सिटी असफल हुदै आएको छ।”

“यो कुराले मलाई सिटीको बारेमा अहिले सबैभन्दा बढी चिन्तित बनाएको छ।”

“यहाँ एउटा प्रश्न छ कि हालान्डले टिमलाई राम्रो बनाउन सक्छ? उहाँ एक प्रतिभाशाली खेलाडी हुन्, यो आलोचना होइन उहाँ एक शानदार खेलाडी हुनुहुन्छ जुन उनले पहिले नै देखाइसकेका छन्,” पूर्व म्यान सिटी मिडफिल्डरले थपे।

“पछिल्लो सिजन, जब हालान्ड सिटी जाने कुरा भएको बेला सबैले हालान्डको शैली र सिटीको खेल शैली सँग विपरीत रहेको दाबी गरेको थियो।

“हुनसक्छ सिटीमा हालान्ड केही शैलीको खेलाडी मिस गर्दै छन्- उनको साल्जबर्ग र डर्टमन्डमा फुटबल खेल्ने शैली सिटीको खेल भन्दा धेरै फरक छ।

“सिटीमा यो सम्भव छैन किनभने गार्डियोलाको रणनीतिमा धेरै बल पास गर्नु र पोजिसन कब्जा गर्दै विपक्षी टिममा हाबी हुने हो र सिटी उनीसँग यो गर्दैनन्। मैले उनलाई सिटीमा खेलेको हेरेको आधा समय, सिटी १० खेलाडीको साथ खेलेको जस्तो हुने गरेको छ।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ