हालाण्ड चमकदा म्यानचेस्टर सिटीको जित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले योंग ब्वायजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने मानुएल अकान्जीले एक गोल गरेका थिए ।

त्यसैगरी योंग ब्वायजका लागि मेसचाक एलिआले एक गोल गरेका थिए ।

यो जितपछि समुह जी मा म्यानचेस्टर सिटीको ३ खेलमा ९ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी योंग ब्वायजको ३ खेलमा १ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ ।