एजेन्सी, जर्मन क्लब बोरुसिया डोर्ट्मण्डका युवा स्टार खेलाडी अर्लिङ हालन्ड भित्र्याउने क्लबले उनको पारिश्रमिक हप्ताको ५००,००० पाउन्ड भन्दा बढी तिर्नुपर्ने देखिएको छ। रिपोर्टका अनुसार हालन्डले अनुबन्ध हुन हप्ताको ५००,००० पाउन्ड भन्दा बढी पारिश्रमिकको माग गर्नेछन्।
रिपोर्टका अनुसार म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी जस्ता धेरै क्लबहरु उनलाई भित्र्याउन इच्छुक रहेका छन्। उनी २०१९ मा करिब २० मिलियन युरोमा साल्जबर्गबाट डोर्टमण्डमा अनुबन्धित भएका थिए।
२१ वर्षका युवा स्टार खेलाडी अर्लिङ हालन्डले डोर्टमण्डका लागि ६९ खेलमा ७० गोल गरि सकेका छन्। रिपोर्टका अनुसार उनको रिलिज क्लज ७५ मिलियन युरो तोकिएको छ जुन २०२२ मा मात्र लागू हुनेछ।