एजेन्सी, जर्मन क्लब बोरुसिया डोर्टमण्डका युवा स्टार खेलाडी अर्लिङ हालण्डलाई बार्सिलोनामा अनुबन्ध गर्ने उनका एजेन्ट मिनो रायोलाको चाहना रहेको छ। रिपोर्टका अनुसार रायोला हालण्डलाई बार्सिलोनामा अनुबन्ध गर्न चाहन्छन्।
मिनो रायोलाको बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टासँग राम्रो सम्बन्ध रहेको पनि भनिएको छ। रिपोर्टका अनुसार हालण्डको रिलिज क्लज ७५ युरो तोकिएको छ जुन २०२२ मा मात्र लागू हुनेछ।