हार पछि विपक्षी खेलाडी सँग हाँस्दै गरेको भनेर म्यान युनाइटेड खेलाडीको आलोचना

प्रिमियर लिगमा शनिवार म्यानचेस्टर युनाइटेडले टोटेनह्याम विरुद्ध खेलेको थियो। उक्त खेल युनाइटेडले २-०ले हारेको थियो भने खेल पछि हाल म्यानचेस्टर युनाइटेडका एक खेलाडीको धेरै आलोचना हुँदै गरेको छ।

उक्त खेल पछि म्यान युनाइटेडका नयाँ खेलाडी मेसन माउन्ट टोटेनह्यामका जेम्स म्याडिसन सँग कुरा गर्दै गरेको फोटो भाइरल भए पछि हार पछि पनि हार पछि विपक्षी खेलाडी सँग हाँस्दै गरेको भनेर म्यान युनाइटेडका फ्यानहरूले मेसन माउन्टको आलोचना गरेका छन्।

उक्त खेलमा म्यानचेस्टर युनाइटेड निकै नराम्रो प्रदर्शन थियो भने नमिठो हार पछि विपक्षी खेलाडी सँग हाँस्दै गरेको भन्दै युनाइटेड फ्यानहरूले सामाजिक संजालमा माउन्ट प्रति आफ्नो असन्तुष्टि देखाएका छन्।

माउन्ट यही ट्रान्सफर विन्डो मात्र चेल्सीबाट युनाइटेड आएका थिए भने उनको ट्रान्सफरबाट पनि केही फ्यानहरू खुसी थिएनन् र हाल खेल पछि उनको उक्त फोटोको कारण फ्यानहरू झन् उनिबाट आक्रोशित भएका छन्।

शनिवार भएको खेलमा युनाइटेड टोटनहम हटस्परसँग २–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा टोटनहमले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

४९औँ मिनेटमा पेपेले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा युनाइटेडका लिसान्द्रो मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि उपहार गोलको मद्दतले टोटनहमले अग्रता दोब्बर बनायो ।

पहिलो खेलमा बराबरी गरेको टोटनह्यामले युनाइेटडलाई जित्दै स्पष्ट ३ अंक लिन सफल भयो । यो म्यानचेस्टर युनाइटेडको पहिलो हार हो ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ