हार पछि भावुक हुँदै गरेका सन सँग घानाका कोचले सेल्फी लिन खोजे पछि 

फिफा विश्व कपमा सोमबार भएको खेलमा कोरिया घाना सँग ३-२ले पराजित भएको थियो भने उक्त खेललाई बराबरी गर्न कोरिया धेरै नजिक पुगे पनि हार बेहोर्न पुगेको थियो ।

हार पछि कोरियाका स्टार सन हेउङ मिन धेरै भावुक थिए  र उनले आफ्नो आँसु रोक्न नसकेका बेला घानाका एक कोच भने भावुक हुँदै गरेका सन सँग सेल्फी लिने प्रयासमा रहे जसले उक्त सनको भावुक क्षणलाई हास्यास्पद बनाउन पुग्यो भने उक्त फोटो हाल धेरै भाइरल हुँदै गएको छ ।

पहिलो हाफमा २-०ले पछि रहेको कोरियाले दोस्रो हाफमा खेललाई बराबरीमा लगेको थियो तर ६८औँ मिनेटमा घानाले फेरी गोल गर्दै जित हासिल गरेको थियो भने कोरियाले खेल बराबरी गर्न थप कडा प्रयास गरेको थियो जुन सफल हुन सकेन।

हार पछि कोरियाका खेलाडीहरू धेरै भावुक भने जसमा सुपरस्टार सन हेउङ मिन पनि थिए तर घानाका कोच सनको अवस्थाको बेवास्ता गर्दै सन सँग सेल्फी लिने हतारमा थिए र दुवै व्यक्ति अप्ठ्यारो स्थितिमा पर्न पुगे।

उक्त खेल पछि घाना समूह एचको दोस्रो स्थानमा पुगेको छ भने १ अंकको साथ कोरिया ग्रुपको पुछारमा रहेको छ। अब कोरियाले पोर्चुगल विरुद्ध खेल्ने छ भने घानाले उरुग्वे सँग खेल्न बाँकी रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ