टोटेनह्यामले प्रिमियर लिगमा बुधवार राती १ बजे म्यानचेस्टर युनाइटेड विरुद्ध ओल्ड ट्राफोर्डमा खेल्ने छ भने गत सिजन ट्राफोर्डमा टोटेनह्यामले युनाइटेड विरुद्ध ३-२को हार बेहोरेको थियो, उक्त खेलमा सुपरस्टार रोनाल्डोले ह्याट्रिक गरेका थिए भने सो कुरा याद गर्दै टोटेनह्यामका कोच एन्टोनियो कोन्टेले बोलेका छन्।
Conte believes Tottenham lost to Ronaldo not Man United last season 👀 pic.twitter.com/ygwLbVikA9
— ESPN UK (@ESPNUK) October 18, 2022
यो सिजनको खेल अगाडीको पत्रकार सम्मेलनमा एन्टोनियो कोन्टेले क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक याद गर्दै गत सिजन टोटेनह्याम म्यान युनाइटेड सँग नभै रोनाल्डोसँग हारेको दाबी गरेका छन् ।
“गत सिजन उनले हाम्रो विरुद्ध ह्याट्रिक गरे। हामी एक अविश्वसनीय खेलाडी, एक शीर्ष खेलाडी वारे कुरा गर्दै छौँ। हामी त्यो खेलाडीको वारेमा कुरा गर्दै छौँ जसले आफ्नो खेलले टोलीको लागि प्रभाव पार्न जारी राख्दै आएका छन्।- युनाइटेड विरुद्धको खेल अघि रोनाल्डोको प्रशंसा गर्दै टोटेनह्याम कोचले बताए।
“We lost against Ronaldo, not against Man United” 👀
Tottenham boss Antonio Conte says Cristiano Ronaldo “solved the situation alone” against his side last season after a hat-trick at Old Trafford ⚪🔙pic.twitter.com/TxVLR35mzs
— Sky Sports Premier League (@SkySportsPL) October 19, 2022
“क्रिस्टियानोको व्यावसायिकताको लागि मसँग धेरै प्रशंसा छ, तर म आशा गर्छु कि यो पाली उनी शान्त रहनेछन्, गत सिजन जस्तो होइन, जब उनले तीन गोल गरे। हामीले ३-२ ले हारे, तर गत सिजन हामी युनाइटेडसँग होइन, रोनाल्डो सँग हार्यौँ।
“मलाई त्यो राम्रोसँग याद छ, किनकि हामीले धेरै राम्रो खेल खेलेका थियौँ।”
गत सिजन युनाइटेडले टोटेनह्याम विरुद्ध दुवै होम र अवेमा जितेको थियो भने होम खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए। यो सिजन युनाइटेडले टोटेनह्याम सँग नेपाली समय अनुसार बुधवार राती १ बजे खेल्ने छ ।