गत सिजन लिग जितेको म्यानचेस्टर सिटी यो सिजन पनि लिग जित्ने मुख दाबेदारको रूपमा रहेको थियो तर हाल आर्सनल लिगको शीर्ष स्थानमा रहेको छ र आर्सनलको राम्रो प्रदर्शन जारी रहे यो सिजन आर्सनलले १०० अंक भन्दा धेरै प्राप्त गर्ने भनेर म्यानचेस्टर सिटीका कोच पेप गार्डियोला चिन्तित रहेका छन्।
“If they continue we will not catch them”
Pep Guardiola makes a bold prediction for the rest of Arsenal’s season 👀 pic.twitter.com/9dLlNced2r
— The Sun Football ⚽ (@TheSunFootball) January 4, 2023
“तपाईँले लिग टेबलमा अन्य क्लब सँग अन्तर घटाउने तरिका भनेको राम्रो खेल्नु र खेल जित्नु हो,” गार्डियोलाले बुधवार एक पत्रकार सम्मेलनमा भने।
“यो तथ्यको लागि होइन। (आर्सनलले) यही औसतमा अंक जम्मा गरे यो सिजन आर्सनलको १०० अंक भन्दा बढी हुने छ।
“यदि आर्सनलले त्यसरी नै खेल्न जारी रह्यो भने, हामी आर्सनललाई लिगमा पछ्याउन सक्ने छैनौ। हामी यहाँबाट अब धेरै राम्रो खेल्नु पर्छ र आशा छ किआर्सनलको प्रदर्शनमा गिरावट आउने छ– हिजो आर्सनल न्यूक्यासल विरुद्ध उत्कृष्ट थिए- हामी हेर्ने छौ अब के हुन्छ। ”
Pep Guardiola thinks Arsenal will get over 100 points in the Premier League this season 😳 pic.twitter.com/fGRAm9zETE
— ESPN UK (@ESPNUK) January 4, 2023
हाल आर्सनलले १७ खेलमा १४ जित, २ बराबरी र १ हारको साथ ४४ अंक जम्मा गरेको छ भने दोस्रो स्थानमा रहेको सिटी सँग ३६ अंक रहेको छ र म्यान सिटीले बुधवार राति चेल्सी सँग खेल्ने छ र उक्त खेल जित्दै आर्सनल सँगको अंक दुरी कम गर्न सिटीलाइ राम्रो मौका रहेको छ।