एजेन्सी, जर्मन क्लब आर.बि लाइपजिगका स्पेनिश मिड्फिल्डर ड्यानी ओल्मो माथी म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटिको नजर परेको छ। रिपोर्टका अनुसार अर्को ट्रान्सफर सिजन ओल्मो भित्र्याउने दौडमा यी दुई छिमेकी क्लब हुने देखिएको छ।
स्पेनिश क्लब बार्सिलोनाको नजर पनि २३ वर्षका स्पेनिश खेलाडी ओल्मो माथी रहेको भनिएको छ। ओल्मोले आफ्नो करियरको सुरुवात बार्सिलोनाको एकेडेमी ला मासियाबाट गरेका थिए।
उनी अझै तीन वर्षका लागि आर.बि लाइपजिगमा अनुबन्ध रहेकाले उनलाई भित्र्याउने क्लबले उच्च मुल्य तिर्नु पर्ने आंकलन गरिएको छ।