एजेन्सी । आक्रमक खेलाडिको अभाव भोगि रहेको बार्सिलोनालाई केहि राहत मिल्ने भएको छ । १९ वर्षिय युवा स्ट्राइकर आन्सु फाती मैदानमा फर्किने तयारीमा छन । सेल्टा भिगोविरुद्ध नोभेम्बर ६ मा चोट बोकेका फाती जानवरी २ मा हुने मालोर्काविरुद्ध मैदानमा उत्रिने तयारीमा छन ।
बार्सिलोनाले फाती बायर्न म्युनिखविरुद्धको खेलका लागि फर्किने आशा गरे पनि पुर्ण रुपमा फिट नहुदा उनले खेल गुमाउन पुग्यो ।
त्यस्तै, उनले क्रिष्टमसको समय रिकभरी हुने अवसर मिलेको छ ।
बार्सिलोनाको २०२२ को पहिलो खेल मालोर्काविरुद्ध जानवरी २ मा हुने तालिका रहेको छ । उक्त खेलबाट उनि मैदानमा फर्किने संभावना बलियो रहेको छ ।
यस्तै, बार्सिलोनाले यो बर्षको अन्तिम दुई खेल एल्चे र सेभिल्लासंग खेल्ने तालिका छ ।
क्याटालान टिमको मुख्य समस्या गोलमा रहे पनि फातीलाई प्रशिक्षक जाभिले एल्चे र सेभिल्लाविरुद्ध उतारेर जोखिम लिन नचाहेको बताइएको छ ।
युवा स्ट्राइकरले जारी सिजन खासै प्रभाव जमाउन सकेको छैन । गत सिजन घुडामा चोट लागे पछि उनले अधिकांश सिजन मैदान बाहिर बिताए ।
त्यस्तै, जारी सिजनको सुरुवातका केहि खेल खेल्दै उनि ह्याम्स्ट्रिङको चोटसंगै मैदान बाहिर रहे ।
नया सालकि सुरु भएसंगै फातीको आगमनले जाभिलाई नयाँ खेलाडि अनुभन्धित गरेको अनुभुती पक्कै हुनेछ ।