स्टार स्ट्राइकर साइन गर्ने दौडमा पिएसजी र म्यानचेस्टर युनाइटेड

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च लिग वान क्लब पिएसजी इटालियन क्लब एटलान्टाका स्टार स्ट्राइकर रासमस होइलान्डलाई साइन गर्ने प्रयासमा रहेको छ।

डेनिस स्ट्राइकर रासमस होइलान्डको प्रदर्शन इटालियन क्लबमा निकै उत्कृष्ट रहेको छ भने उनको तुलना म्यान सिटीका स्टार हालान्ड सँग पनि हुने गरेको छ र उनलाई साइन गर्ने प्रयासमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र लिग वान क्लब पिएसजी लागि परेको छ ।

हाल सम्म म्यानचेस्टर युनाइटेडले उनको लागि €६० मिलियनको प्रस्ताव पठाएको छ भने पिएसजीले पनि €५० मिलियन सम्मको प्रस्ताव पठाएको छ र दुवै प्रस्ताव अस्वीकार गर्दै एटलान्टाले €७० मिलियन र थप बोनसको माग गर्दै आएको छ।

म्यानचेस्टर युनाइटेड र होइलान्ड बिच व्यक्तिगत सहमति भने धेरै समय अगाडी नै भएको छ र होइलान्ड युनाइटेडमा खेल्न धेरै इच्छुक रहे पनि युनाइटेड र एटलान्टा बिच सम्झौता हुन सकेको छैन र युनाइटेड अझै पनि एटलान्टा सँग वार्ता गर्ने क्रममा रहेको छ।

२०२२मा स्टर्म ग्राजबाट इटालियन क्लब एटलान्टामा आएका होइलान्डको खेल सिरी एमा निकै राम्रो रहेको छ।

हाल सम्म उनले एटलान्टाका लागि ३४ खेल खेल्दै १० गोल र ४ असिस्ट गरेका छन् भने उनलाई साइन गर्न धेरै ठुलो युरोपियन क्लबहरू इच्छुक रहेको छ जसमा म्यानचेस्टर युनाइटेड र पिएसजी सहित युभेन्टस जस्तो क्लबहरूको नाम रहेको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ