ला लिगा क्लब रियल म्याड्रिडको चासो प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरमा रहेको छ भने स्टार डिफेन्डरलाई भित्राउन रियल उनलाई दोब्बर तलबको प्रस्ताव गर्ने तयार रहेको जानकारी छ। जर्मन डिफेन्डर आफ्नो अनुबन्ध को अन्तिम वर्ष मा छन् भने, उनको वर्तमान सम्झौता २०२२मा समाप्त हुन्छ र उनी फ्री एजेन्ट हुने छन् र हाल सम्म उनले चेल्सी सँग सम्झौता विस्तार गरेका छैनन्।
Real Madrid are looking at signing centre-back Antonio Rüdiger on a free transfer when his Chelsea contract runs out next summer and could offer the German a deal worth £200,000-a-week. pic.twitter.com/JCgIHXV8bs
— Transfer News (@TransfersLlVE) November 7, 2021
चेल्सीमा उनको तलब £१००,००० प्रति हप्ता रहेको छ र चेल्सी सामु उनले तलब वृद्धिको माग गर्दै गरे पनि दुई बिच वार्ता सफल हुन नसक्दा हाल रुडिगर फ्री एजेन्ट बन्ने क्रममा रहेका छन्। आफ्नो स्टार डिफेन्डर रामोस र भरानलाई गुमाएको रियल आफ्नो उक्त दुई स्टारको विकल्पको खोजीमा रहेको छ र खबर अनुसार चेल्सीका रुडिगरमा रियलको नजर रहेको जानकारी छ।
रियल म्याड्रिड रुडिगरलाई भित्राउन प्रति हप्ता £२००,०००को तलब दिन तयार हुने जानकारी छ। जर्मन क्लब बायर्न म्युनिख पनि उनलाई साइन गर्न इच्छुक रहेको चर्चा हुँदै गर्दा रियल पनि उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ र उनलाई फ्री एजेन्टको रुपमा साइन गर्न दुई टिम बिच प्रतिस्पर्धा हुने देखा परेको छ।
Real Madrid are looking to lure Chelsea’s Antonio Rudiger on a free transfer with the Spanish giants set to offload stars to secure the German. pic.twitter.com/MyHmXDrY1n
— Frank Khalid (@FrankKhalidUK) November 5, 2021
चेल्सी उनलाई क्लबमा राख्न इच्छुक रहे पनि उनी सँग सम्झौता विस्तारको वार्ता भने असफल हुँदै गएको छ। उनलाई क्लबमा राख्ने चेल्सीको योजनामा उनको तलब वृद्धिको माग बाधा बनेको छ।