ला लिगा क्लब रियल म्याड्रिडको चासो प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरमा रहेको खबर छ। जर्मन डिफेन्डर आफ्नो अनुबन्ध को अन्तिम वर्ष मा छन् भने, उनको वर्तमान सम्झौता २०२२मा समाप्त हुन्छ र उनी फ्री एजेन्ट हुने छन् र हाल सम्म उनले चेल्सी सँग सम्झौता विस्तार गरेका छैनन्।
Real Madrid are waiting to see if #Chelsea and Antonio Rudiger agree for a new contract or not.
[via @FabrizioRomano Twitch] https://t.co/W1Gy74khYu
— Absolute Chelsea (@AbsoluteChelsea) October 4, 2021
आफ्नो स्टार डिफेन्डर रामोस र भरानलाई गुमाएको रियल आफ्नो उक्त दुई स्टारको विकल्पको खोजीमा रहेको छ र खबर अनुसार चेल्सीका रुडिगरमा रियलको नजर रहेको जानकारी छ।
जर्मन क्लब बायर्न म्युनिख पनि उनलाई साइन गर्न इच्छुक रहेको चर्चा हुँदै गर्दा रियल पनि उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ र उनलाई फ्री एजेन्टको रुपमा साइन गर्न दुई टिम बिच प्रतिस्पर्धा हुने देखा परेको छ।
रुडिगरले हाल सम्म सम्झौता विस्तार गरेका छैनन् र २०२२को जनवरीमा उनी अन्य क्लबहरू सँग ‘प्रि-अग्रीमेन्ट’ गर्न स्वतन्त्र हुने छन्।
Antonio Rudiger ‘made Real Madrid’s No1 target next summer amid Bayern interest’ https://t.co/Ugj9nsZrqG
— The Sun Football ⚽ (@TheSunFootball) October 8, 2021
चेल्सी उनलाई क्लबमा राख्न इच्छुक रहे पनि उनी सँग सम्झौता विस्तारको वार्ता भने असफल हुँदै गएको छ। उनलाई क्लबमा राख्ने चेल्सीको योजनामा उनको तलब वृद्धिको माग बाधा बनेको छ। रुडिगर वर्तमान थोमस टुचेलको पाँच-डिफेन्डर फोर्मेशनको एक प्रमुख सदस्य हुन्।