स्टार गोलकिपर मार्टिनेज सँग भिल्ला कोच असन्तुष्ट

एस्टन भिल्लाका कोच उनाई एमरीले क्लबका स्टार गोलकिपर इमिलियानो मार्टिनेज संग आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिवार प्रिमियर लिगमा एस्टन भिल्लाले लिग जित्ने दौडमा रहेको आर्सनल विरुद्ध खेलेको थियो भने उक्त खेलमा एस्टन भिल्लाले दुई पटक अग्रता लिए पनि अन्तिममा खेल ४-२ले हर्न पुगेको थियो र खेल पछि भिल्लाका कोच उनाई एमरीले आफ्नो गोलकिपरको निर्णय वारे बोलेका छन्।

पहिलो हाफमा २-१को अग्रता लिएको एस्टन भिल्लाले उक्त खेल २-४ले हारेको थियो भने भिल्लाले चौथो गोल खानुमा स्टार गोलकिपर मार्टिनेजको ठुलो भूमिका रह्यो। खेलको इन्जुरी समयमा भिल्ला २-३ले पछि रहेको बेला भिल्लाले कर्नर किक पाएको थियो र उक्त कर्नर किकको लागि स्टार गोलकिपर इमिलियानो मार्टिनेजले आफ्नो पोस्ट खालि राख्दै विपक्षीको डि-बक्समा पुगे।

मार्टिनेजले आफ्नो पोस्ट राखे पछि आर्सनलले सो कुराको फाइदा उठाए र काउन्टरमा आर्सनलका स्टार विंगर मार्टिनेलीले गोल गर्दै खेलमा २-४को स्कोर बनाए।

उक्त हार पछि भिल्लाका कोच उनाई एमरी आफ्नो स्टार गोलकिपरलाई लक्षित गर्दै बोलेका छन् भने आफूले गोलकिपरलाई कर्नरमा अगाडी जान कुनै आदेश नदिएको जानाए।

“मैले मेरो गोलकिपरलाई ९० औं मिनेटमा गोल गर्न अगाडी जान भनेर भनेको थिएन।”- एस्टन भिल्लाका कोच उनाई एमरीले खेल पछि भने।

“उनले अन्तिम समयमा आपत्तिजनक रूपमा कर्नरमा सहभागी हुने निर्णय गरे, तर मलाई यो मन परेन। तर मैले उनलाई पहिले वा पछि केही भनेन किनभने मेरो सम्पूर्ण करियरमा मैले हाम्रा गोलकिपरहरूलाई यस्तो काम गर्न भनेको छैन ।

“तथ्याङ्कहरूको अनुसार गोलकिपर कर्नरको लागि अगाडी जाने क्रममा फाइदा भन्दा नोक्सान धेरै हुने गरेको तथ्य छ।

उनाई एमरीले आफ्नो गोलकिपर इमिलियानो मार्टिनेजले टाइम वेस्ट गर्न प्रयास गरेको वारे पनि आलोचना गरे भने उक्त खेल हार्नुमा मार्टिनेजको व्यवहार पनि एक कारण रहेको उनले स्वीकार गरे।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ