म्यानचेस्टर युनाइटेड र पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औँ शताब्दीमा सबैभन्दा धेरै खेल जित्ने फुटबल खेलाडीको रुपमा रहेका छन्। हालै प्रसिद्ध फुटबल वेबसाइट ट्रान्सफरमार्केटले २१औँ शताब्दीमा सबैभन्दा धेरै खेल जित्ने फुटबल खेलाडीहरूको सुची तयार गरेको छ उक्त सुचीको शीर्ष स्थान स्थानमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो रहेका छन्।
आफ्नो उत्कृष्ट फुटबल क्यारियरमा रोनाल्डोले रियल म्याड्रिड, युभेन्टस र म्यानचेस्टर युनाइटेड जस्ता टप क्लबहरूमा खेलेका छन् र उनले क्लब सँग धेरै उपाधि जितेका छन् भने सो क्रममा उत्कृष्ट व्यक्तिगत रेकर्ड पनि बनाएका छन्।
रोनाल्डोले आफ्नो फुटबल क्यारियरमा ५९६ जित हासिल गरेको रिपोर्ट छ जसले उनलाई २१औँ शताब्दीमा सबैभन्दा धेरै खेल जित्ने फुटबल खेलाडी बनाउँछ। आफ्नो क्लब करियरको दौडान, उनले अविश्वसनीय २९ ट्रफीहरू जितेका छन् भने ५ च्याम्पियन्स लिग उपाधिले उनलाई सबैभन्दा धेरै च्याम्पियन्स लिग जित्ने सक्रिय खेलाडी बनाउँछ।
सो सुचीको दोस्रो स्थानमा भने पिएसजीका सुपरस्टार मेस्सी रहेका छन्। आफ्नो फुटबल करियरकोमा मेस्सीले ५४५ खेलहरू जितेका छन्।
२१औँ शताब्दीमा सबैभन्दा धेरै खेल जित्ने फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-
20. David Silva – 410 wins
19. Petr Cech – 411 wins
18. Cesc Fabregas – 419 wins
17. Xabi Alonso – 421 wins
16. Gerard Pique – 421 wins
15. John Terry – 428 wins
14. Frank Lampard – 434 wins
13. Thomas Muller – 439 wins
12. Gianluigi Buffon – 445 wins
11. Manuel Neuer – 446 wins
10. Pepe Reina – 450 wins
9. Sergio Busquets – 453 wins
8. Xavi – 454 wins
7. Sergio Ramos – 455 wins
6. Iker Casillas – 457 wins
5. Andres Iniesta – 457 wins
4. Dani Alves – 479 wins
3. Karim Benzema – 480 wins
2. Lionel Messi – 545 wins
1. Cristiano Ronaldo – 596 wins